Section 55
विनियम बनाउने अधिकार
(१) यो ऐनको अधीनमा रही परिषद्ले परिषद्को कर्मचारी प्रशासन र आर्थिक प्रशासन सम्बन्धी विनियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विनियम बनाउँदा नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा परिषद्ले मन्त्रालय मार्फत्‌ नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम परिषद्ले बनाएको विनियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।